images
images
  • प्रहरीबाट घेरिएका रविले समर्थकलाई भने, ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन’

    काठमाडौँ – सहकारीको रकम अपचलन अभियोगमा अनुसन्धानका लागि भैरहवा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बुधबार पनि लिइने भएको छ ।

    लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएपनि नसकिएपछि बुधबार पुनः लिइने भएको हो ।

    सहकारीको रकम अपचलन, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगेर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

    पहिलो दिनको बयान सकेर निस्कने क्रममा लामिछानेले बाघलाई खोरमा थुन्दैमा स्याल नहुने बताएका छन् ।

    ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन’, समर्थकलाई हात हल्लाउँदै लामिछानेले भने ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images