काठमाडौं- पाल्पाको एक विद्यालयमा जलेर सख्त घाइते भएकी एक बालिकाको काठमाडौंमा मृत्यु भएको छ ।
पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा परी घाइते भएकी ८ वर्षीया बालिका साजुदा बानुको उपचारका क्रममा मृत्यु भएको हो ।
साउन ७ गते दिउँसो विद्यार्थीले खाजा खाने क्रममा ग्यासको पाइप फुस्किएर आगलागी भएको थियो । त्यसक्रममा घाइते बानुलाई तानसेनको युनाइटेड मिसन अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि तत्काल हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा ल्याइएको थियो ।
उनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















