images
images
  • चुनावपछि संसद् घण्टीमय हुने रवि लामिछानेको दाबी

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आउँदो चुनावपछि संसद् घण्टीमय हुने बताएका छन् ।

    सोमबार रूपन्देही पुगेका लामिछानेले रास्वपाले क्षमतावान् उम्मेदवार उठाएकाले यस पटकको संसद् घण्टीमय हुने दाबी गरेका हुन् ।

    उनले भने, ‘रास्वपाले १०१ उम्मेदवारहरूलाई लिएर आएको छ । क्षमतावान साथीहरूले टिकट पाउनुभएको छ। देशले नचिने पनि हाम्रा उम्मेदावरले देशालाई चिनेका छन्। अघिल्लोपटक २१ जना सांसदले संसद हल्लाएका हुन्। यसपटक नेपालको संसदमा जता हेर्यो त्यतै घण्टीमय हुनेछ। र त्यस्को सुरुवात डा. लेखजंग थापाबाट हुनेछ ।’

    थापा रास्वपाका रूपन्देही ३ का प्रत्यक्ष उम्मेदवार हुन्।

    लामिछानेले आफू रूपन्देहीमा चुनावी भाषण गर्न र भोट माग्न नआएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images