images
images
  • रवि लामिछानेलाई आज पोखरा पठाइने

    बुटवल – पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा पठाइने भएको छ।

    रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको बताए ।

    भैरहवामा गौतमबुद्व विमानस्थल मौसम प्रतिकुलताका कारण ११–१२ बजे यता खुल्ने सम्भावना कम रहेको बताइएको छ ।

    मंगलबार कास्कीबाट भैरहवा ल्याइएका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको सङ्गठित ठगी आरोपमा बयान लिएको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा रुपन्देहीमा नै राखिएको छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images