images
images
  • रविसँग रुपन्देहीमा तेस्रो दिन बयान लिइँदै

    भैरहवा – सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बहिरी कडा सुरक्षा घेराबीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिइएको छ ।

    मंगलबार पहिलो दिन प्रारम्भिक बयान भएको र दोस्रो दिन बयानलाई निरन्तरता दिनका लागि बिहान सवा १० बजेदेखि बेलुकी सवा ७ बजेसम्म बयान लिइएको सरकारी वकिल कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

    ‘करिब ९ घण्टा बयान लिइएको वकिल कार्यालयले जनाएको छ । ‘बयान लिने कामको अन्तिम रुप दिँदै रुजु गर्ने र रोलक्रम गर्न बाँकी रहेको बताइएको छ ।

    लामिछानेलाई सरकारी वकिलको कार्यालय लैजाने र ल्याउने क्रममा प्रहरीको जंजिर नै बनाई नदेखिने गरि कडा सुरक्षा गरिएको थियो । सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्याइँदै छ ।

    पहिलो दिन केही प्रश्नहरु सोधिएको थियो । यस अघि सोही कसुरमा छविलाल जोशीसँग पनि वयान लिएको थियो । छविसँग ५६ सवाल जवाफ भएको थियो ।

    पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको हो ।

    रुपन्देही ल्याएसँगै रास्वपा र सहकारी पीडित दुवै पक्षले प्रदर्शनको गरिरहेका छन् । सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा वरिपरि प्रशासन निषेध गरी बयान जारी राखेकोले विरोध प्रदर्शन बाहिर भइरहेको छ ।

    बुधबारको प्रदर्शनमा समर्थक र प्रहरी बीच सरकारी वकिलको कार्यालय अगाडिको व्यारिगेडमा ठेलमठेल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images