images
images
  • किन कुटिए सशस्त्र प्रहरीका घुमुवा सहनी ?

    बिरगंज- सशस्त्र प्रहरी बलका सहायक हवल्दार (घुमुवा) जितेन्द्र सहनीलाई शनिबार बिरगंज बसपार्कमा व्यापारीहरूले कुटपिट गरेका छन् ।

    व्यापारीहरूसंग रकम उठाउन गएपछि बिबादको क्रममा व्यापारीहरूले कुटपिट गरेको थाहा भएको छ । कुटपिट भएको कुरा सशस्त्रको पर्सा स्थित गणले पनि पुष्टि गरेको छ । सशस्त्रका घुमुवासंगै रहेका तस्कर बिनोद यादव भने फरार रहेका छन् ।

    सहायक हवल्दार सहनी बारम्बार यस्तै बिबादमा परिरहन्छन । यसअघि पर्सामा उनी लामो समयदेखि घुमुवाको रूपमा परिचालन हुदै आएका थिए । त्यतिबेला देखि नै उनी बिबादित थिए ।

    झण्डै दुई महिना अघि भट्टीमा आइजिपी र गणपतिको नाम लिदै विभिन्न कुरा गरेको भिडियो सार्वजनिक भए पछि महोत्तरी बाहिनीमा तानिएका सहनी कहिले बाबु बिरामी भएर त कहिले कुनै बाहनामा बिदामा घर पर्सा आएर, यस्तै उठन्तीमा सक्रिय रहेको समाचार पनि सार्वजनिक भएका थिए ।

    शनिबार व्यापारीसंग रकम असुली गर्न गएको बेला बिबाद भए पछि उनी कुटिएका हुन । उनीसँगै रहेका तस्कर बिनोद यादव भने फरार भएका छन् ।

    नेपाल प्रहरीको जागिर छोडेर तस्करीमा संलग्न रहंदै आएका बिनोद यादवले अरू व्यापारी र तस्करहरूको सुराकी सहनीलाई दिने काम गर्दै आएको पनि खुलेको छ । यस सम्बन्धमा सशस्त्रका मधेस प्रदेशका प्रमुख डिआइजी दिपेन्द्र शाहसंग जिज्ञासा राख्दा उनले सहनीको जनगुनासो धेरै आएपछि बाहिनी सप्तरी काज गरेको तर उनी खटिएको ठाउँमा नगई पर्सामा कुटपिट भएको जानकारी आंफुले पाएकोले थप अनुसन्धान हुने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images