images
images
  • कंगोमा बाढी-पहिरोमा परी २०० भन्दा बढीको मृत्यु

    काठमाडौं- कंगोमा बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको छ ।

    कंगोको किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षा भएको थियो । सो क्षेत्रका दुई गाउँमा बाढीले धेरै नै क्षति पु¥याएको छ ।

    कालेह क्षेत्रबाट २०३ जनाको शव संकलन गरिएको त्यहाँका प्रशासक थोमस बाकेङ्गालाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ ।

    रेडक्रस लगायतका सहायताकर्मीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन् । कंगोका डाक्टर एवम् नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगले पनि मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् ।

    दुई दिन अगाडि कंगोको छिमेकी देश रुवान्डामा पनि बाढी पहिरोबाट १०३ जनाको मृत्यु भएको थियो । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्

    images
    images