images
images
  • दार्चुला हिमपहिरोमा बेपत्ता पाँच जनाको पहिचान खुल्यो, लगातारको हिमपातले खोजीमा कठिनाई

    दार्चुला- दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा मङ्गलबार गएको हिम पहिरोमा परेर बेपत्ता पाँच जनाको परिचय खुलेको छ ।

    दार्चुलाका जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले हिम पहिरोमा परेका पाँच जनाको परिचय खुलेको बताए। तर हराएकाहरूको अवस्था भने अझै अज्ञात रहेको उनले बताए

    परिचय खुल्नेमा दार्चुलाको दुँहु गाउँपालिका –४ की ३८ वर्षीया कमला कुँवर १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका –२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमीसामो थापा रहेका छन् ।

    प्रनाउ पाण्डेका अनुसार सो क्षेत्रको उच्च हिमालमा अझै हिउँ र उच्च पहाडमा पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको छ । घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली मङ्गलबार दिउँसो नै सो क्षेत्रमा परिचालित छ । भने आज बुधबार बिहान पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रनाउ पाण्डेले बताए ।

    दार्चुलाको हिम पहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्ट सहितको सात जनाको समूह भने मङ्गलबार साँझ नै घटनास्थलमा गएको सुरक्षाकर्मीको टोलीमा सम्पर्कमा आएको थियो ।

    गए राति देखिको लगातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डिएसपी पाण्डले बताए ।

    ‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ’, उनले भने–’हिमपात रोकिएपछि घटनास्थलमा जाने तयारीमा छौँ ।’

    मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए । डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मङ्गलबार साँझ घटनास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाई भएपछि सो सोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images