images
images
  • केन्यामा भगवान भेट्न भोकभोकै बसेका ९० जनाको मृत्यु

    काठमाडौं- केन्यामा निराहार बसे भगवानसँग भेटिने विश्वासले भोकै बसेका ९० जनाको मृत्यु भएको छ।

    गुडन्युज चर्चका केही अनुयायीहरू शाकाहोला जंगलमा परमेश्वर रहेको र निराहार बसेर प्रार्थना गरे भगवान भेटिने विश्वासमा जंगलमा भोकै बसेका थिए। चर्चका एक पादरी पल म्याकेन्जी न्थेन्गेसहितको टोली शाकाहोला जंगलमा बसेका थिए।

    उक्त सूचनाका आधारमा उद्धारका लागि खटिएको सुरक्षाकर्मीको टोलीले हालसम्म ९० जनाको शव भेटिएको वर्ल्डवन न्यूजले त्यहाँका अधिकारीले पुष्टि गरेको लेखेको छ। मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

    केन्याको रेडक्रसले यसअघि नै २१२ जना हराएको बताएको थियो। जसमध्ये २ जनाको परिवारसँग पुनर्मिलन भएको छ।

    गुडन्यूज चर्चका अन्य अनुयायीहरू अझै पनि शाकाहोला जंगलमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ।

    केही समययता उद्धारका लागि खटिएको सुरक्षाकर्मीको टोलीले थप बुधबार ३ बालबालिकासहित १० जनाको शव भेटाएको हो।

    २९ जनालाई उद्धार गरी अस्पताल पु¥याइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images