काठमाडौं- नेपाली मिडिया जगतमा पहिलो पटक अनलाइन मिडियाहरु मर्जर भएका छन् । विश्व खबर मिडिया प्रा.लि द्धारा संञ्चालित विश्व खबर डट कम को छैटौँ वार्षिक उत्सवको अवसरमा चार वटा अनलाइन मिडिया मर्ज भई एक भएका हुन ।
सोमवार वार्षिक उत्सवको अवसरमा पालिका सवाल, नानो नेपाल र बिजपत्रिका विश्व खबर डट कममा समाहित भएका छन् । नेपालमा यस्तो कार्य पहिलो पटक भएको हो । पछिल्लो समय अनलाइन मिडियाहरु संञ्चालन बढ्दो छ । आर्थिक समस्याका कारण अधिकांश मिडियाहरु बन्द हुने अवस्थामा रहेका छन् । त्यस किसिमको समस्याबाट मिडिया बन्द गर्नुपर्ने अवस्था र्सिजना नहोस् भन्नका लागि मिडिया मर्जरको नयाँ अभ्यास गरिएको विश्व खबर मिडियाका अध्यक्ष संजिवकुमार दाहालले बताए ।
पछिल्लो समय अनलाइन सञ्चालन संगै बजारमा विज्ञापन लिनका लागि होडबाजि नै चल्छ । त्यस्तो अवस्थामा एकै उदेश्य भएका मिडियाहरु एकिकरण भई अगाडी बढ्दा एक किसिमको सकारात्मक सन्देश जाने र मिडियाको गुणस्तर कायम गर्न सकिने अध्यक्ष दाहालले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले विश्व खबरले सुरु गरेको नयाँ अभ्यास नेपाली मिडिया जगतमा स्वागत योग्य भएको बताए । पछिल्लो समय नयाँ नयाँ मिडियाहरु दर्ता हुदैँ आउने तर विस्तारै ती मिडिया सञ्चालनमा नआउने समस्या बढ्दै गएको अवस्थामा यस किसिमको कार्यले बन्द हुने अवस्थामा पुगेका मिडियाहरुलाई राहत हुनुका साथै नियमित सञ्चालनमा रहन सहयोग पुर्याउने उनले बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा पछिल्लो समय अनलाइन सञ्चार माध्यम दर्ता बढ्दै गईरहेको समयमा मिडिया मर्जरको नयाँ अभ्यासले मिडियालाई व्यवस्थीत गराउन समेत सघाउ हुने बताए । मिडिया मर्ज कार्यलाई काउन्सिलले पनि सहजिकरण गर्ने उनले बताए ।






















