images
images
  • सिंहदरबारभित्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं-  सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

    उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

    ‘काठमाडौं महानगरपालिकाले काठमाडौंको सिंहदरबार क्षेत्रभित्र, राष्ट्रपतिको कार्यालयको क्षेत्र भित्र, प्रधानमन्त्रीको आवास क्षेत्र भित्रको फोहरमैला संकलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाउँ।’ रिटमा उल्लेख छ।

    स्थानीय तहहरुको समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बेवास्ता गरेका कारण तत्काल समन्वयका लागि परमादेशको पनि माग गरिएको छ। उक्त रिटमाथि मंगलबार सुनुवाइ हुने बताइएको छ।

    संघीय सरकारले आफूसँग समन्वय नगरेको भन्दै मेयर साहले सिंहदरबार, बालुवाटार शितलनिवास लगायत विशिष्ठ कार्यालयको फोहर नउठाउन फोहर संकलन गर्ने कम्पनीलाई निर्देशन दिएपछि एक सातादेखि फोहर थुप्रिएको छ।

    संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन भएको छैन ।

    काठमाडौंको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालय र स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनले आक्रोश पोखेका थिए । महानगरपालिकाले फोहोर नउठाउने घोषणा गरेपछि सरकारले समेत उनलाई सचेत गराउने निर्णय गरेको थियो ।

    रिटको पूर्णपाठ:

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/04/rit.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images