images
images
  • सशस्त्रका सहायक हवल्दारद्धारा आफैंमाथि गोली चलाएर आत्महत्या

    दाङ- दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

    गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए ।

    उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए । यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।

    घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images