images
images
  • एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    एमाले प्रदेश संसदीय दलका नेता यामलाल कडेँलले प्रदेश प्रमुखलाई पत्र लेख्दै आज (चैत २७) गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

    मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

    मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका थिए ।

    karnali uml

    प्रतिक्रिया दिनुहोस्
    images
    images