images
images
  • दुर्घटनाग्रस्त अवस्थामा भेटियो हेली एभरेस्टको हेलिकप्टर

    काठमाडौं- आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर धौलागिरि आधारशिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

    हेली एभरेस्टका फुर्वा शेर्पाले १२ बजेर ४० मा धौलागिरि आधारशिविर आसपासमा हेलिकप्टर ठोकिएको अवस्थामा भेटिएको र पाइलट सकुशल रहेको बताए। पाइलटलाई अहिले काठमाडौं ल्याउदै गरेको उनले बताए।

    इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकोप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

    हेलिकोप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकोप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको नागरिक उड्डयन प्रमुख तिवारीले जानकारी दिए ।

    हेलि एभरेष्ट प्रालि केन्द्रीय कार्यालयका कर्मचारी फुर्वाले भने, ‘हेलिकप्टर सामान्य ठोक्किएको अवस्थामा भेटिएको छ। पाइलट काठमाडौ आउदै हुनुहुन्छ। उहाँ आएपछि विस्तृत कुरा थाहा हुन्छ।’

    इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर ११ मिनेट आसपासमा सम्पर्कविहीन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images