images
images
  • मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

    सुर्खेत- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन्।

    मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी रमखेको प्रस्तावमा ३८ मत खसेको हो।

    उनको पक्षमा ३८ र विपक्षमा १ मत खसेको हो।

    मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेखकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ र एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

    यस्तै, ४० जना सांसद रहेका कर्णाली प्रदेश सभामा एमालेकी सभामुख नन्दा गुरुङले र राप्रापाकी सन्तोषी शाहीले मत दिएनन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images