images
images
  • सशस्त्र प्रहरीको प्रवक्तामा एसएसपी राजेन्द्र खड्का

    काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई दिईएको छ ।

    यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात एसएसपी खड्कालाई उक्त जिम्मेवारी दिईएको हो ।

    संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images