हेटौंडा- आज दिउँसो ३ बजेको लागि तय भएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका सांसदहरू काठमाडौंमा रहेको र बैठकमा सहभागी हुन नसक्ने जानकारी आएपछि बैठक स्थगित गरिएको हो।
आज मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो। तर नेपाली कांग्रेसको काठमाडौंमा बसेको संसदीय दलको बैठकका कारण आजको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भन्दै पत्राचार गरेपछि बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
प्रदेशसभाको बैठक चैत १० गते दिनको १ बजे बस्ने जानकरी दिएको छ ।
केही हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेल अप्लमतमा छन्।
मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलोपटक गत माघ ३ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसदबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरूले समर्थन गरेका थिए।


विश्व खबर 




















