काठमाडौं- भारतको बिहार विधानसभामा भारतीय जनता पार्टी भाजपा र राष्ट्रिय जनता दल आरजेडीका सांसदबिच कुटाकुट भएको छ ।
मंगलवार विधानसभाको बैठकका क्रममा माइक तोडेपछि भाजपा विधायक लखेन्द्र पासवानलाई दुई दिनका लागि निलम्बन गरिएको थियो।
भाजपा विधायकहरु नलम्बनलाई ‘लोकतन्त्रको हत्या’ बताउँदै बधुबार पनि विधान सभा भवनमा विरोध प्रदर्शनमा उत्रिएका थिए।
त्यही बेला आरजेडीका सांसद केशरी यादव लड्डु लिएर त्यहाँ पुगेका थिए । लड्डु बाँड्दै आरजेडीका सांसद आएको देखेपछि भाजपाका सांसद आक्रामक बनेका थिए ।भाजपाका सांसदले लड्डुको किस्ती नै फ्याँकिदिए । त्यसपछि त्यहाँ धक्कामुक्की र हात हालाहाल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आफ्ना नेता लालुप्रसाद यादव, राबडीदेवी र उनकी छोरी मीसा भारतीलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दिल्लीको एउटा अदालतले जमानत दिएको खुसीयालीमा आरजेडी सांसदले लड्डु बाँडेका थिए ।
आरजेडी विधायक ‘ल्यान्ड फर जब’ मामिलामा लालुप्रसाद यादव, राबडी देवी र उनकी छोरी मिसा भारतीलाई दिल्लीको राउज एभेन्यु अदालतबाट जमानत मिलेपछि भाजपा विधायकबीच लड्डु बाँड्न पुगेका थिए। त्यहीक्रममा दुवै पक्षका विधायकहरुबीच धक्कामुक्की र विवाद सुरु भयो।
#WATCH | Bihar: RJD & BJP MLAs enter into a scuffle with each other over distribution of laddus at Assembly premises following the bail granted to Lalu Yadav, Rabri Devi & Misa Bharti in land-for-job case.
BJP alleges that RJD MLAs tried to forcefully feed them & disturbed them pic.twitter.com/Fw3PVCZh8N
— ANI (@ANI) March 15, 2023


विश्व खबर 


















