images
images
  • महिलालाई बिना धितो र ब्याज ऋण उपलब्ध गराउने तयारीमा छौँ: उपमेयर शाक्य

    ललितपुर- महिला उद्यमशीलताको लागि कर्जामा सहज पहुँच स्थापित गर्नुपर्ने ललितपुर उद्योग वाणिज्य संघको मागलाई ललितपुर महानगरपालिकाले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा संघ महिला समितिले आयोजना गरेको महिला उद्यमशीलताको लागि राज्य र स्थानीय तहको दायित्व विषय अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।

    महानगरपालिकाका उपमेयर मञ्जरी (आस्था)ले महिला उद्यमीहरुलाई बिनो धितो ऋण दिलाउन महानगरपालिकाले प्रयास गरिरहेको बताइन्।

    ‘महानगरपालिका जमानत बसेर, महानगरपालिकाको सिफारिशमा बिना ब्याज महिला उद्यमीहरुलाई ऋण दिलाउन तयारी गरिरहेका छौं ।’ उपमेयर शाक्यले भनिन् ।उनले महिलाद्वारा उत्पादित ससाना वस्तुको प्रवद्र्धनको निम्ति पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गरिन् ।

    सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ महिला विकास समितिका उपसभापति जूना माथेमाले कार्यपत्र प्रस्तुत गर्दै महिला उद्यमशीलतालाई प्रोत्साहित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने धारणा राखे े।स्थानीय जनताको अवस्था र चाहना राज्यका अन्य दुई निकाय भन्दा बढी स्थानीय तहले बुझ्ने विश्वास व्यक्त गर्दै उपसभापति माथेमाले महिला उद्यमशीलता विकासमा स्थानीय तहले ठोस काम गर्नेमा बढी अपेक्षा सकिने बताए। ‘ महिलाहरुको नाउँमा जग्गा, जमिन नहुँदा चाहेर पनि महिलाले पनि लगानी गर्न सकेको छैनन्। लगानीको साथै उद्यमी बन्न चाहिने आवश्यक ज्ञान र सीपको कमी रहेको पाउँछौ ।’ उनले भनिन् ।

    माथेमाले अनुसार महिला उद्यमशीलता बढाउन विभिन्न विषयमा तालिम, महिला द्वारा उत्पादित वस्तुको प्रर्वद्धन, बजारको विस्तार महिला उद्यमशीलताको लागि छुटै बीउ पूँजी राख्ने,करमा सहुलियत दिने तथा बैक तथा वित्तीय संस्थामा कर्जाको सहज पहुँच स्थापित गरिदिन स्थानीय तहले ठोस काम गर्नुपर्नेमा जोड दिइन् ।

    संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले महिला उद्यमशीलताको प्रर्वद्धनका लागि विभिन्न गतिविधिहरु गरिरहेको बताउँदै त्यस कार्यमा महानगरपालिकाको पनि सहयोगको खाँचो औल्याए ।
    संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले महिला उद्यमशीलताको विषय भाषण, अन्तरक्रिया, गोष्ठीमा मात्र सीमित भइरहेको समयमा महानगरपालिकाको महिला बिना ब्याज ऋण दिने योजनालाई ठोस रुप दिनुपर्नेमा जोड दिए।

    संघको कार्यसमिति सदस्य एवं महिला समितका संयोजक गुणकेशरी ताम्रकारले महिलालाई आर्थिक रुपमा स्वालम्बी बनाउनु सशक्तिकरणको सार रहेको विचार व्यक्त गरिन्। सहुलियत लिनको लागि पुरुषले महिलाको नाउँमा उद्योग व्यवसाय दर्ता गर्ने गरेको जनाउँदै यसले सही अर्थमा महिला उद्यमशीलतालाई प्रवद्र्धन नगर्ने धारणा राखिन्।

    महिला उद्यमी बन्न आत्मविश्वासको अभाव, ज्ञान अभाव, लगानीको अभाव जस्ता पाइलापिछे अनेक समस्याहरु भोग्नुपरिहरको पनि समितिका संयोजक ताम्रकारले बताए।

    यस अघि सो कार्यक्रमको उद्घाटन ललितपुर क्षेत्र नं ३ का संघीय सांसद् डा तोसिमा कार्कीले गरेकी थिइन्

    प्रतिक्रिया दिनुहोस्
    images
    images