images
images
  • तेह्रथुमको हातिखर्कमा भीषण आगलागी, ७ घर जलेर नष्ट

    विराटनगर- तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागी भएको छ ।

    नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेर भीषण आगलागी भएको हो ।

    हालसम्म ७ वटा घर जलेर नष्ट भएको बताइएको छ भने आगलागी नियन्त्रणमा ल्याउन सकिएको छैन ।

    अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images