images
images
  • टर्की र सिरिया भूकम्पकबाट मर्नेको सङ्ख्या झन्डै ४० हजार नजिक

    काठमाडौं- गत साता गएको भूकम्पका कारण टर्की र सिरियामा झन्डै ४० हजारको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

    टर्कीको विपद् व्यवस्थापन आयोगका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म मृत्यु हुने मानिसको सङ्ख्या ३२ हजारजति पुगेको छ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा कम्तीमा ५,७०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। राष्ट्रसङ्घले विपद्मा परेर मृत्यु हुने मानिसको सङ्ख्या बढेर दोबर हुनसक्ने जानकारी दिएको छ।

    ष्ट्रसङ्घका अनुसार टर्की र सिरियामा उद्धार गर्ने चरण लगभग ूसकिने क्रममा छू र त्यहाँ अब उक्त ज्यान जोगिएका मानिसहरूको हेरचाह र पुनर्स्थापनामा ध्यान केन्द्रित गरिने छ।

    राष्ट्रसङ्घका अनुसार अधिकारीहरूले आवास, खाद्यान्न अनि स्वास्थ्य सेवामा ध्यान केन्द्रित गर्न थालेका छन्।

    त्यहाँ अझै केहीको जीवितै उद्धार भइरहेको छ। आइतवार भूकम्प गएको १३९ घण्टापछि हाटाई प्रान्तको एक भवनको भग्नावशेषबाट सात महिनाका बालकलाई जीवितै उद्धार गरिएको थियो।

    त्यस्तै १४७ घण्टा पछि हाटाई मै १२ वर्षकी बालिका र १५० घण्टापछि एक जना ६४ वर्षकी महिलाको सफल उद्धार गरिएको विवरण प्राप्त भएको छ।

    टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । -बिबिसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images