काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) को महाधिवेशन आजबाट सुरु हुँदैछ । अनेरास्ववियुको यो २३ औं राष्ट्रिय महाधिवेशन हो।
मंगलबार अपराह्न १२ः३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा सहभागी हुन देशभरिबाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिइन् ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ महाधिवेशन हुन लागेको हो।
राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको यसअघि पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो।
करिव ८ वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरिने बताइएको छ। यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन।
करीब ८ वर्षपछि हुन लागेको महाधिवेशनसँगै अहिले अनेरास्ववियुमा नेतृत्वको होडबाजी गज्जबको देखिन थालेको छ । अहिले मुख्य गरेर अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवका प्रतिस्पर्धी बढी देखिएका छन् ।
विधान अनुरुप यो पटक अखिलमा १७ सदस्यीय पदाधिकारी हुनेछ । जसमा उपाध्यक्ष ४ र सचिव १० रहनेछन् । १० मध्ये ७ जना खुला र ३ जना महिला कोटाबाट हुनेछन् । अखिलको केन्द्रीय कमिटी वर्तमान अवस्थामा ५ सयभन्दा बढीको छ । अब अनेरास्ववियुले विधान अनुसार आगामी महाधिवेशनबाट १९९ सदस्यी कमिटी मात्रै बनाउन पाउने छ । जसमध्ये अध्यक्ष एक, महासचिव एक र कोषाध्यक्ष एक रहने व्यवस्था छ । ६६ सदस्यीय स्थायी कमिटी हुनेछ ।
अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।
अध्यक्षका आकांक्षी
वर्तमान अध्यक्ष सुनिता बराल एमाले केन्द्रीय सदस्य, समानुपातिक सांसदसँगै अन्य जिम्मेवारीमा समेत रहेका कारण अनिवार्य रुपमा नेतृत्वबाट बाहिरिने भएपछि महाधिवेशनबाट नेतृत्व लिने दौडमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरु झपिन्द्र खत्री, लोकेश निरौला, कल्पना वाईवा, वाङ्छु योन्जन, मोती बिक, उमेश आचार्य, महासचिव समिक बडाललगायत आकांक्षी छन् ।
अध्यक्षका आकांक्षी आरसी लामिछाने र समिक बडाल जनकपुरमा ०६७ मा सम्पन्न २० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । लामिछाने अखिलमा निरन्तर लागिरहे पनि पटक–पटक अवसरबाट बञ्चित भएको नेताका रुपमा परिचित छन् ।
पाटन क्याम्पसका स्ववियु सभापतिको समेत जिम्मेवारी सम्हाली सकेका झपिन्द्र खत्री स्ववियु काउन्सीलको सचिवको रुपमा पनि काम गरिसकेका नेता हुन् । अलिखको कोषाध्यक्ष हुँदै उपाध्यक्ष हुनुभएका खत्री पनि योग्यता, क्षमता र मापदण्डका हिसाबले अखिल अध्यक्षमा हुन योग्य रहेको बताउछन् ।
निरौला, योञ्जन, विक र वाइवा पनि अखिलमा लामो समयदेखि निरन्तर खट्दै आउनु भएका नेता–नेतृहरु हुन् । उनीहरुले पनि अध्यक्षका लागि बलियो दाबेदारी राख्दै आएका छन् ।
महासचिवका आकांक्षी
अध्यक्षपछिको शक्तिशाली मानिएको महासचिवमा पनि यो पटक धेरैले आकाक्षां देखाएका छन् । अखिलको अध्यक्षमा भन्दा पनि महासचिवमा बढी प्रतिस्पर्धी देखिएका छन् ।
अहिले उपमहासचिव रहेका नरेश रोकाया, सुदर्शन शिवाकोटी, नारायण घर्ती, गोविन्द गिरी, भाष्कर खनाल र सचिव धर्म गिरीले महासचिवका लागि दाबी गरेका छन् ।
बाजुरा स्थायी घर भएका रोकाय अहिले प्रचार विभाग प्रमुख हुन् । अखिलमा जुझारु नेताको छवि बनाएका रोकाया निर्भीक स्वाभावका छन् । उनलाई अखिलको जिउँदो सहिदका रुपमा पनि चिनीने गरिन्छ ।
महासचिवका आकांक्षी नरेश रोकाया
विदेश विभाग प्रमुख रहेका सिवाकोटी लामो समयदेखि अखिलको राजनीतिमा सक्रिय उनले महेन्द्ररत्न क्याम्पस ताहाचलबाट आफ्नो राजनीतिक करियर अघि बढाइका हुन् । स्ववियुको समेत जिम्मेवारीमा रहेका सिवाकोटी कार्यकर्ताका बिचमा लोकप्रिय छन् ।
संगठन विभाग प्रमुख रहेका नारायण घर्ती, प्रकाशन विभाग प्रमुख रहेका खनाल, शैक्षिक विभाग प्रमुख रहेका गिरी र विश्वविद्यालय समन्वय प्रमुख रहेका धर्म गिरी पनि अखिलमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका छन् । उनीहरु पनि अखिलमा कुशल संगठक र बैचारिक नेताका रुपमा परिचित छन् ।
उपाध्यक्षका आकांक्षी
उपाध्यक्षमा अहिलेसम्म गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका वर्तमान सचिव सुजन भट्टराई, कार्यालय विभाग प्रमुखको समेच जिम्मेवारीमा रहेकी सचिव मर्यादा विष्ट र कोषाध्यक्ष जेनिश लामाले आकाक्षां देखाएको छ । विष्ट र भट्टराई लामो समयदेखि संगठनमा निरन्तर सक्रिय रहँदै आएका नेता हुन् ।
आरआर क्याम्पसका स्ववियु सभापति एवं सिनेट सदस्य समेत रहेका तपेन्द्रजंग शाहीले पनि उपाध्यका लागि आकाङ्क्षा देखाएका छन् । उनी पनि अहिले सचिव छन् । उनीँहरु बाहेक अध्यक्ष र महासचिवमा दाबी गरिरहेका अनुहारहरु मध्येबाटै उपाध्यक्ष पदमा दाबी रहने बुझिएको छ ।
सचिवका आकांक्षी
सचिवका लागि प्रकाश पौडेल, पंकज भण्डारी, प्रकाश भुजेल, नरेन्द्र न्यौपाने, सागर भट्ट, ओमप्रकाश घिमिरे, नवराज ढकाल, जयराम बास्तोला, गोविन्द थपलिया, विरेन्द्र रावललगायतले आकांक्षा देखाएको छ । अनेरास्ववियु काठमाडौं महानगरका इञ्चार्ज गौगात कार्की पनि सचिवको आकांक्षी छन् । उनीँहरु आ–आफ्नो क्षेत्रका लागि योग्य उम्मेदवार छन् ।
सजिना थापा मगरको पनि सचिवका लागि सम्भावना छ । सचिवलय सदस्य एवं सीटीभीटीईका उपत्यका इञ्चार्ज आकाश घर्तीमगरले पनि सचिवको दाबी गरेका छन् ।
सचिवका लागि सुदुरपश्चिम प्रदेशबाट प्रदेश अध्यक्ष मनोज राई, चुडामणि भट्टलगायतले दाबी गरेका छन् ।
त्यसैगरी कर्णाली प्रदेशबाट नविन योगी, घनश्याम पुन, प्रेम खड्का, हितेन्द्र शाहीलगायतले आकाक्षां देखाइका छन् ।
लुम्बिनी प्रदेशबाट सरोज पोखरेल, विनोद भण्डारी, टुकलाल गैरै, जितबहादुर रोकाय, मोहित साहलगायतले आकाक्षां देखाएका छन् ।
गण्डकीप्रदेशबाट प्रकाश पौडेल, आर्शिवाद सुवेदी, रिता ढकाल, आरके पोखरेललगायतको दाबी छ ।
बागमती प्रदेशबाट सबै भन्दा बढीको आकाक्षां रहेको छ । पंकज भण्डारी, प्रकाश भुजेल, नरेन्द्र न्यौपाने, सागर भट्ट, सचिवालय सदस्य नवराज ढकाल, जयराम बास्तोला, गोविन्द थपलिया, विरेन्द्र रावल, सन्तोष राना क्षेत्री, सन्तोष पौडेल, विनिता काफ्ले, भुषण सुवेदी, मदन विष्ट, शालिग्राम पराजुली, विनायक आचार्य, हिरा चौलागाईँ, सुरेस अधिकारीकारी, सञ्जय दवाडी, दिपेश प्रसाईँ, अभिषेक सुवेदी, रमेश श्रेष्ठलगायत रहेका छन् ।
मधेस प्रदेशबाट अञ्जना सिवाकोटी, रवि मिश्र, सरोजबाबु न्यौपाने, उज्जल कार्कीलगायत रहेका छन् ।
प्रदेश एकमा ओमप्रकाश घिमिरे, मनोज चाम्लिङ, सञ्जु पाण्डे, गोकर्ण घिमिरे, जिवी गजल, ईश्वरी तामाङ, निता घतानीलगायतको चर्चा छ । कोषाध्यक्षमा स्थायी कमिटी सदस्यहरु सुजन कार्की, सजिना थापा मगर, प्रज्ज्वल फुयाललगायतले तयारी गरेका छन् ।






















