images
images
  • सुदूरपश्चिमका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

    काठमाडौं- सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् ।

    मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    प्रकाश कांग्रेस सभापति शेरबहादुर देउवामा भतिज हुन् । शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बनेका हुन् ।

    यस्तै, शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संबैधानिक प्रावधानअनुसार बिहीबार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

    २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images