images
images
  • राष्ट्रिय सहमतिका नाममा गठबन्धन टुटाउने प्रयास भइरहेको छ : मन्त्री भण्डारी

    काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने विचारहरू सार्वजनिक हुन थालेको टिप्पणी गरेका छन् ।

    बिहीबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो योजना सफल नहुने बताए । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा चर्चाका लागि मात्र गरिएको भन्दै पद विशेषमा राष्ट्रिय सहमतिको कुरा गर्नु अर्थहीन हुने बताए ।

    ‘५० लाख युवाहरूलाई स्वदेश फर्काउन, व्यापार घाटा न्यूनीकरण गर्न, आजको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता’, भण्डारीले भने, ‘तर कुनै पद विशेषमा राष्ट्रिय सहमतिको गीत गाउनुको उद्देश्य अहिलेको गठबन्धनमा फाटो ल्याउने प्रयास हो, यसलाई सफल हुन दिँदैनौँ ।’

    मन्त्री भण्डारीले नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने दावी गरे ।

    ‘उन्मुक्तिले हस्ताक्षर गरेर नै मुख्यमन्त्रीले शपथ खाएका हुन् । सभामुख र उपसभामुखका लागि पनि उसले मतदान गरेको छ । मलाई लाग्दैन उन्मुक्तिले केन्द्रमा गरेको गठबन्धन भन्दा फरक निर्णय गर्छ भनेर । उसका केही मागहरू छन्,ती मागहरूका लागि सरकार सकारात्मक छ । नीतिगत रुपमा केही सुधार गर्नुपर्नेछ, मन्त्री भण्डारीले भने

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images