धनगढी- मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन बोलाएको सुदूरपश्चिम प्रदेश प्रदेशसभा बैठक सरेको छ। बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक आज बेलुका ४ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।
रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ४ बजेसम्मका लागि बैठक सरेको हो।
मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वतस् पदमुक्त हुन्छन्
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले अन्तिम चरणमा विश्वासको मत लिन लागिपरेका हुन्। एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एकरएक जना सांसद छन्। तर बहुमत पु¥याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।
बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेको छ ।
सभामुखले बैठडक सारेकामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । संसदीय दलका नेता कमल शाहले सभामुख सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् । ‘यसरी भोलिका दिनमा सभामुखले कसरी काम गर्छन्’ उनले प्रश्न गरे ।























