images
images
  • टर्की भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

    काठमाडौं- टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको अधिकारीहरूले जनाएका छन् ।

    एएफपी न्युजका अनुसार बिहीबार बिहानसम्मको प्राप्त तथ्यांकअनुसार भूकम्पमा परेर दुवै देशमा गरीज्यान जानेको संख्या दुवै देशमा गरेर १५ हजार ३ सय ८३ पुगेको छ । घाइतेको संख्या ४० हजार नजिक पुगेको छ।

    डब्ल्यूएचओ र संयुक्त राष्ट्र लगायत विश्वका ७० भन्दा बढी देश सहयोगका लागि जुटेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सिरियामा ३ लाख मानिस घर छाड्न बाध्य भएका छन्।

    सरकारप्रति जनआक्रोश बढ्दै गएका बेला टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पपछि आफ्नो सरकारको प्रारम्भिक प्रतिक्रिया त्रुटिपूर्ण रहेको स्वीकार गरेका छन्।

    भूकम्पपछि धेरै क्षेत्रका बासिन्दाले उद्धारकर्मी ढिलो पुग्नुका साथै समयमा राहत सामग्री नपाएको गुनासो गर्दै सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए।

    टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.:७ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    त्यस्तै, सोही दिन दिउँसो १”:२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् ।

    धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् । यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।

    उता अमेरिकी अधिकारीहरूले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएका छन् । संयुक्त राष्ट्रसंघले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images