images
images
  • सशस्त्रका ४ एसएसपी डीआजीमा बढुवा सिफारिस (नामावलीसहित)

    काठमाडौं-  सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ।

    सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।

    सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना डिआइजीको पद रिक्त छ।

    बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ।

    हेनुहोस् नामावली :

    Notice apf

    प्रतिक्रिया दिनुहोस्
    images
    images