images
images
  • सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिँदै आज, निर्णायक नाउपाको आनाकानी

    कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले आज बुधबार मुख्यमन्त्री पदको विश्वासको मत लिँदैछन् ।

    मूख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार रावलले आज विश्वासको मत लिन लागेका हुन् । रावल मूख्यमन्त्रीमा नियुक्त भएको भोलि (२६ गते विहीबार) ३० दिन हुँदैछ ।

    विश्वासको मत लिने प्रयोजनको लागि आज विहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

    संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन्।

    सत्ता गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका रावलाई मत दिन आनाकानी गरेको छ ।

    नागरिक उन्मुक्ति पार्टीले भने आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेको छ । तर उसले अझै निर्णय गरेको छैन् ।

    रावल २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । मन्त्रिमण्डल विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै छ ।

    ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्र एक-एक जना सांसद छन्। तर बहुमत पु¥याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।

    माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images