images
images
  • मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद, ७५ हजार क्षतिपूर्तिको सजाय

    काठमाडौं- बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई सात वर्ष कैद सजाय भएको छ। सौन्दर्य प्रतियोगितामा बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएको हो।

    न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई उक्त सजाय तोकिएको हो। यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो। एक युवतीले आफू नाबालिग हुँदा ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा पाण्डेले बलात्कार गरेको आरोप लगाएकी थिइन्।

    पाण्डेले आफूलाई पटक–पटक यौनशोषण गरेको, त्यसपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको र आत्मबल टुटेको हुनाले औषधिको सहारा लिनुपरेको ती युवतीले बताएकी थिइन् । आठ वर्ष लामो अन्तर्द्वन्द्वपछि बोल्ने आँट जुटाएकी उनलाई न्याय प्राप्तिका लागि हदम्याद तगारो बनेपछि प्रेस, सडक र संसद्मा समेत बलात्कार मुद्दामा हदम्याद हटाउनुपर्ने आवाज उठेको थियो । त्यसपछि उत्पन्न परिस्थितिले व्यवस्थापिकालाई हदम्यादसम्बन्धी कानुन बदल्न बाध्य पारेको हो ।

    बलात्कार मुद्दा दर्ता गर्नका लागि हदम्याद बाधक भएपछि गत असार १ मा पाण्डेविरुद्ध जिल्ला अदालतमा बालयौन दुरुपयोग र मानव बेचबिखनमा मुद्दा दायर गरिएको थियो । कुनै पनि व्यक्तिलाई शोषण गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने कार्यलाई नेपालको कानुनले मानव बेचबिखनको परिभाषामा समेटेको छ । ती युवतीलाई सुरुमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरी विभिन्न ठाउँमा पु¥याएर निरन्तर शोषण गरेको कार्य मानव बेचबिखनअन्तर्गत पर्ने जिल्ला अदालतले मंगलबार ठहर गरेको हो ।

    पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले असार ६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनी डिल्लीबजार कारागार पठाइएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images