images
images
  • टर्कीको भूकम्पमा १७ जनाको ज्यान गयो

    काठमाडौं- टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर १७ जनाको ज्यान गएको पुष्टि भएको छ ।

    भूकम्पमा १७ जनाको ज्यान गएको टर्कीका अधिकारीहरुले पुष्टि गरेका हुन् । उनीहरुका अनुसार कयौँ मानिस फसिरहेका छन् । यसले गर्दा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    भूकम्पका कारण कयौँ घरहरु भत्किएका बीबीसीले जनाएको छ । उद्धारकर्ताहरुले खोज तथा उद्धारको काम गरिरहेका छन् ।

    टर्कीका आन्तरिक मन्त्री सुलेमन सोयलुका अनुसार भूकम्पबाट १० वटा सहरमा असर परेको छ ।

    अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

    भूकम्पको धक्का राजधानी अंकारासहितका क्षेत्र तथा लेवनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ ।

    भूकम्पपछि परकम्प पनि गइरहेको टर्कीका अधिकारीले जनाएका छन् । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । -एजेन्सी 

    प्रतिक्रिया दिनुहोस्
    images
    images