बारा- सिमावर्ती क्षेत्रबाट व्यापक रुपमा तस्करी मौलाएको छ । भारतको सिमासंग जोडिएको विभिन्न नाकाहरुबाट प्रहरी र सशस्त्रकै संरक्षणमा तस्करी धन्धा मौलाएको हो ।जिल्ला प्रहरी कार्यालय बाराबाट अपराध र अबैध गतिविधी नियन्त्रणका लागि खटिएका प्रहरीहरुकै विषेश संरक्षणमा सिमावर्ती क्षेत्रहरुबाट व्यापक तस्करी भईरहेको छ ।
भारतसंग जोडिएको बाराको मटिअर्वा, बलिरामपुर सिम्रौनगढ, अमवा पिपरपाती, कवहीगोठ, बरैनिया, गोपालगंज लगायतको नाकाबाट तस्करीहरु भईरहेको छ । सिमावर्ती नाका मटिअर्वा, सिम्रौनगढ, कवही, अमवा लगायतका नाकाहरुबाट कपडा, कुखुरा, कुखुराको चल्ला, भौसी, खाद्य, चिनी, हार्डवेयर लगायतका समानहरुको प्रहरीकै संरक्षणमा तस्करी भईरहेको छ ।
तस्करीलाई निरुत्साहित गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीहरुले नै तस्करहरुको संरक्षण गर्दै तस्करी धन्धाहरुलाई तिब्रता दिने क्रममा बारा कचोरवाको सन्दिप यादव, रामबाबु यादव, छेना यादव, जट्टाशंकर यादव लगायतका तस्करहरुले निर्वाद्य रुपमा करोडौंको राजश्व छली गरी भारतबाट कपडाहरु आयात गरी नेपालका विभिन्न सहरहरुमा निर्यात गर्ने गरेका छन् । त्यसैगरी, बाराकै भूमन मियाँ, सुरेन्द्र प्रसाद साह कलवार लगायतका तस्करहरुले अबैध रुपले भैसीको तस्करी गरिरहेका छन् । त्यस्तै, राजु यादव, रामबाबु यादवले कुखुरा र कुखुराका चल्लाहरुको अबैध ओसार पोसार गर्ने गरेका छन् । साथै सुनिल यादव, लगायतले खसी, बाख्राको अबैध ओसार पोसार गर्ने गरेका छन् ।
बाराको सबैभन्दा बढी चल्ने तस्करी नाका भन्नेको नै मटिअर्वा नाका हो । दिनहुँ तस्करी हुने गरेको दृश्य देख्न सकिने भएपनि प्रहरी र सशस्त्रले केही गर्न सकेका छैनन्।बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरी बिओपीले कडाई नगरेको स्थानीयबासीहरुको भनाइ छ।भारतको आदापुरबाट सरसमानको तस्करी सुरु भएको छ।भारतको आदापुरबाट सामान लिई मटिअर्वा विभिन्न नाबाट तस्करहरूले समान भित्र्याउने गरेका छन् भारत बिहारको आदापुरबाट मटिअर्वाको निलकण्ठवा ,शनिचरा मठ ,बसतपुर ,उत्तर झिटकैया अगाडि ,पसाहा नदी किनारा हुँदै विभिन्न नाकाबाट कपडा ,सुर्ती ,रजनीगन्धा ,गुट्खा ,किराना सामान , चामलको बोरा ,चिनी लगायत अधिकाँश सामानको तस्करी मटिअर्वाबाट भित्र्याउने गरेको स्थानीयबासीेले बताएका छन्।सशस्त्र बिओपी मटिअर्वाले अहिले कडाइ नै गरेको छैन।सशस्त्रकै संरक्षणमा तस्करी धन्धा मौलाएको हो ।
सशस्त्र प्रहरीले दशगजा तथा नहरमा समेत डिउटी गरेपनि खुलम खुला तस्करी हुनाले अहिले व्यापारीहरु मालामाल भएका छन्।बाराको कलैया उपमहानगरपालिका –१० मटिअर्वा र वडा नम्बर –१२ धर्मनगर ,शितलपुर हुँदै कलैया सम्म सजिलो जाने गरेको प्रत्यक्षदर्शीहरुले बताउने गरेका छन् । राजा र राजेश उपनाम राखेका तस्करहरुले सुर्ती र रजनी गन्धाको तस्करी गर्ने गरेका छन् । तस्करीका सामान साईकलबाट भारतको आदापुरबाट मटिअर्वा हुँदै कलैया सम्म पुग्ने गरेको छ ।
पर्सामा तस्करीमा कडाई गरेपछी तस्करहरुले बाराबाट ब्यापक रुपमा तस्करी शुरु गरेका छन । बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले वारा नाकाहरुबाट नेपाल भित्रयाउने गरेकाछन ।
बारा जिल्लाको सिमामा पर्ने विभिन्न नाका मटिअर्वा, आमवा, सिम्रौनगढ, पिपरपाती, कवहीगोठ, गोपालगंज लगायतका नाकाहरुबाट अवैध रुपमा लत्ता कपडा, सुर्ती, रजनीगंधा, पानपराग, रांगा भैसी लगायतका सामानहरु तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल भित्रयाई रहेकाछन । बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा अबैध रुपमा भित्रयाने गरेका छन ।
बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी बाराका सशस्त्र प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेकाछन ।
तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक ५० देखी १ सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भैसी तस्करहरुले पुरयाउने गरेकोछन ।


विश्व खबर 




















