images
images
  • ९ किलो सुनसहित क्यानेडियन नागरिक त्रिभुवन विमानस्थलबाट प्रक्राउ

    काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।

    गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

    फलाई दुबईको बिमानवाट राती पौने १२ बजे नेपाल झरेका उक्त क्यानेडियन नागरिक माथी थप छानबिन गर्न गौशाला प्रहरी बृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, भन्सार शाखाले जिम्मा दिएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड-२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए । उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको थियो ।

    स्वास्थ्य परीक्षण गरेर उनलाई गौशाला प्रहरीमा लैजाँदा बिहीबार बिहान करिब ३ बजेको थियो । प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images