images
images
  • सुनको मूल्य ३ सयले बढ्यो, चाँदीकाे स्थिर

    काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ।

    नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    सोमबार चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images