images
images
  • एकैदिन ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमााडौं- नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन ११ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । बिहीबार ७०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ह्वात्तै  घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलमा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँमा कायम भएको छ  । अघिल्लो दिन तेजाबी सुनको मूल्य १ लाख ६हजार ४०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । बिहीबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images