images
images
  • सेयर बजार दोहोरो अंकले वृद्धि, ३ अर्ब ४६ करोडको कारोवार

    काठमाडौं- सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचकमा १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा आएर रोकिएको छ ।

    बुधबार २६१ कम्पनीको कारोबार भएको छ । ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।

    बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । यस दिन ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  बैंकिङ, वित्त र अन्य उपसूचकबाहेक अन्य सबै उपसूचक उकालो लागेको छ ।

    राष्ट्रिय हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ र हिमालय दोलखा हाईड्रो पावरको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ग्रिन लाइफ हाईड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी बिमा, सूर्य ज्योति जीवन बिमा र बलेफी हाईड्रोपावर कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

    कुल १५९ कम्पनीमा उकलो लागेको छ भने ४६ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ ।

    आज १३ उपसूचकहरु ३ बाहेक सबै कम्पनी उकालो लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images