images
images
  • यस्तो छ आज तरकारी र फलफूलको मूल्य

    काठमाडौ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ ।

    समितिकाअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७०, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, लोकल गोलभेडा २० रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज र हरियो धनिया १०० रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images