images
images
  • सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने घट्यो

    काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

    तेजाबी सुन मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन बुधबार पनि सोही मूल्यमा किनबेच भएको थियो।

    यसैगरी चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images