images
images
  • खै बालेन ! दुलाभित्र पसे…

    काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) अचेल महानगरबासीसँग बोल्दैनन्, भेट्दैनन् । सर्वसाधारणसँग पटक्कै घुलमिल, देखभेट छैन । उनी पत्रकार सम्मेलन पनि गर्दैनन् । सञ्चारमाध्यमसँग बोल्न, प्रश्नको सामना गर्न इन्कार गर्छन् । अन्तर्वार्ता निषेध छ । सार्वजनिक वक्तव्य पनि दिँदैनन् । स्वतन्त्र मेयरले राजनीतिक नेतृत्वसँग समन्वय त गर्दै गर्दैनन् ।

    बरु पाएसम्म मौका हेरेर पूराना नेताहरुलाई निचो देखाउँछन् । परीक्षण हुन नयाँ दल, नवनिर्वाचित सांसदहरुमाथि व्यंग्य र आक्रोश पोख्छन् । कस्ले ? मेयर बालेन शाहले । चुनावअघि मेयरका उम्मेदवार बालेन शाह यस्ता कठोर थिएनन् । सहज, सवाल, नरम र मिजासिला थिए । खोजी खोजी मिडिया आफैँ धाउँथे । दाह्री सुमसुम्याउँथे । जुँगा मिलाउँथे । आफ्ना विचार, योजना र सपना सुनाउँथे । बालेनको दाह्री मुसारेको, जुँगा मिलाएको धेरैलाई प्रिय पनि लाग्थ्यौँ । अन्तर्वार्तामा र्याप घुसाउँथे । र्यापमा जनताका दुःख, चुनावका बाचा र एजेन्डाहरु मिसाउँथे । विशेषज्ञ, अनुभवी पत्रकार, विज्ञहरुसँग भेटेर, फोन गरेर राय, सल्लाह लिन्थे । नगरबासीका सुख, दुःख काँधमा राष्ट्रिय झण्डा ओढेर घर दैलो चहार्थे ।

    आफू स्वतन्त्र भए पनि राजनीतिक दल र नेताहरुलाई यथेष्ट आदर दिन्थे । आफ्नै प्रतिस्पर्धीलाई समेत खसाल्दैनथे । आलोचना र गाली गर्दैनथे । बरु सराहना गर्दथे । निर्वाविवाद रहन सम्हालिएर बोल्थे । तुच्छ टिप्पणी गर्दैनथे । हरहिसाबल भद्र प्रस्तुत हुन्थे, चुनावअघि ।

    तर, अहिले मेयर बालेन शाह पूरै फेरिएका छन् । अहिले यस्तो लाग्छ कि कलाकारसमेत रहेका बालेनले चुनावअघि भोटका लागि अभिनय गरेका थिए । भोट सोहोर्ने अभिनयमा उनी शान्दार सफल पनि भए । तर, महानगरको मेयर पद सम्हालेपछि सुरु भएको उनको वास्तविक परीक्षाको नतिजा भने सुखद छैन । निक्कै असफल र बद्नाम ठानिएका अघिल्ला मेयर विद्यासुन्दर शाक्य बरु मिडिया सामाना गर्थे बेलाबेला, आम रुपमा भेटिन्थे । तर, बालेन शाह चुनाव जितेपछि बेपत्ता, गुपचुप, अहँ भेट्दै भेट्दैनन् । कतै भेटिदैनन् ।

    कतिसम्म भने महानगरमा भेट्न र डेलिगेसनमा गएका सरोकारवाला र सर्वसधारणलाई समेत भेट नदिएर मेयर बालेन निराशा र आक्रोशित बनाएर फर्काउने गरेका छन् । चुनावी अभियानका क्रममा मेयर बालेनले विज्ञ, अनुभवी, विशेषज्ञ, पत्रकार, कलाकार, अभियन्ता, पूर्वकर्मचारी जोजोसँग घरी घरी फोन, म्यासेज गरेर सहयोग लिने गर्थे आज मेयर भएपछि उनीहरुका फोनै उठाउँदैनन्, म्यासेजको रिप्लाई गर्दैनन् ।

    एउटा बेला थियो, काठमाडौंका मेयर बालेन शाह आफ्नो चुनाव चिन्ह ‘लौरो’ का कारण चर्चामा रहन्थे । लौरो चुनाव चिन्हलाई विम्वका रुपमा प्रयोग गर्दै भन्ने गर्थे–‘बाआमाले टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेक्न मिल्ने ।’ अचेल महानगरको लौरोले सर्वसाधारण कुटिएका, खेदिएका दृश्य भाइरल छन् ।

    सडक किनारा, फुटपाथ, सुकुम्बासी बस्तीमा नगर प्रहरीको लौरो चलाइएको छ । अघि अघि लौरो पछि पछि डोजर चल्ने गरेको छ । मेयरको दिलचस्पी अचले डोजरमा बढी छ । त्यो पनि पर्याप्त सोच र पूर्वविचारबिनै । मेयरको परिपक्वता नपुग्दा विवादमा फस्दै गएको महानगरको स्थिति छ । एकछत्र हाइहाइ पाएका मेयर बालेन शाह पछिल्ला समय विस्तारै विवादित र आलोचित बनिरहेका छन्, रक्षात्मक बनिरहेका छन् । उनीविरुद्ध आन्दोलन र प्रदशर्नसमेत हुन थालेको छ । डोजरमा चाख बढाएका मेयरले पूर्वाधार एम्बुलेन्स बिर्सिएका छन् ।

    भोट माग्दा भन्ने गर्थे– बिग्रे, भत्केका जीर्ण सडकलाई बनाउन केही थान ट्रक तयार राख्छौँ । त्यसमा बालुवा, गिटी, सिमेन्ट, अलकत्रा सबै त्यहाँ हुन्छ । फोनमार्फत् गुनासो माग्छौँ २४ सै घण्टा । मेयर बालेनले यस्तै रहरलाग्दा कुरा सुनाएर मतदाता फकाउने गरेका थिए मेयर बालेनले ।

    चुनाव जितको आठ महिना बितिसक्दा पनि उनले ‘आहा!’ भन्ने काम गर्न सकेका छैनन् । फोहोर व्यवस्थापनमा बाचा गरेजस्तो दीर्घकालीन र गहकिलो ढंगले अघि बढ्न सकेको छैन । शौचालयको हल्ला जसरी पिटाइयो त्यसरी लाभ मिलेन । ट्राफिक व्यवस्थापनमा स्वतन्त्र मेयरले सपना बाँडेका थिए तर, अपेक्षाको कार्य आरम्भसमेत नहुँदा मेयरमाथि प्रश्न चिन्ह खडा भएको छ । तर, प्रश्नको जवाफ दिन, सामना गर्न मेयर बालेन शाह इच्छुक छैनन् । मेयर बालेन शाह र काठमाडौं महानगरको कार्यदक्षताको आवधिक समीक्षाका लागि दुई चौमासिक कटिसकेको छ । तैपनि चुप छन्, मेयर बालेन शाह ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images