काठमाडौं- नेपाली हवाइ आकाशमा दुर्घटनाको डरलाग्दो एक अर्को श्रृंखला थपिएको छ । आइतबार बिहानै पोखरा विमानस्थलमा ६८ जना यात्रु बाकेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । नेपाली आकाशमा यसअघि पनि थुप्रै पटक नेपालमा जहाज तथा हेलिकप्टर दुर्घटना भएका छन् ।
सरकारी तथ्याङक अनुसार नेपालमा सन् १९५५ देखि झण्डै ७ दशकको हवाइ इतिहासमा ९० वटा साना ठूला विमान दुर्घटना भइसकेका छन् । दुर्घटनामा परी अहिलेसम्ममा एक हजार बढी विदेशी र स्वदेशी नागरिकले नेपाली भूमीमा ज्यान गुमाइसकेको नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
नेपाली आकाशमा पहिलो पटक सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ जहाज बाराको सिमरामा दुर्घटनामा परेको तथ्यांक छ । उक्त दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए । आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् २००० मा डडेल्धुरामा भएका नेपाल एयर लाइन्सको डीएचसी जहाज थियो । त्यसमा २५ जनाको मृत्यु भएको थियो ।
सन् १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाडौमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको तथ्यांक छ । सोही एयरलाइन्सको विमान सन् १९५८ मा टिकाभैरभमा दुर्घटना हुँदा २० जनाको मृत्यु भयो । यस्तै सन् १९६० मा नेपाल एयरलाइन्सको बिमान भैरहवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । यसैगरी नेपाल एयरलाइन्सकै विमान १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, सो दुर्घटनामा परी १० जनाको मृत्यु भयो । नेपाल एयरलाइन्सकै विमान सोही स्थानमा फेरि त्यही वर्ष दुर्घटना भयो, जसमा ६ जनाको निधन भएको तथ्यांक छ ।
यस्तै सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान पाल्पाको बतासेडाँडामा दुर्घटना हुँदा ३५ जनाको ज्यान गयो । यसैगरी सन् १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो, जसमा १ जनाको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल्फ्लाईट धुलिखेलमा दुर्घटना हुदा ३१ जनाको मृत्यु भयो ।
त्यसपछि सन् १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौको बौद्धमा दुर्घटना हुदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो । यसैगरी सन १९७९ मा भिभिआईपी बिमान लाङलाङमा दुर्घना हुदा ६ जनाको मृत्यु भयो । बिराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो भने सोही एयरलाइन्सको बिमान १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो। जसमा २५ जनाको मृत्यु भयो । १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटना हुँदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पिआइएको विमान भट्टेडाडामा दुर्घटना हुदा १६७ जनाको ज्यान गयो, नेपाली आकाशमा भएको सबैैभन्दा ठूलो दुर्घटना हो ।
यसैगरी एभरेष्ट बिमान सिंङ्गापुरमा दुर्घटना हुदा १८ जनाको मृत्यु भयो । १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाडौमा दुर्घटना भयो, जसमा २ जनाको मृत्यु भयो भने त्यसको २ बर्ष पछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा हवाई दुर्घटनामा मृतकको संख्या एक थपियो । १९९८ मा एटिएससि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु पर्यो भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाले निधन भयो ।
सन् १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुदा ५ जना र लुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुदा ५ जनाको नै मृत्यु भयो । सन् १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुँदा १५ र सोही बर्ष स्काईलाईनको विमान कमवानपुरमा दुर्घटना हुदा १० जनाको ज्यान गयो । यसरी नेपाली आकाशमा हवाई दुर्घटना हुने क्रम जारी नै रह्यो । नेपाल एयरलाइन्सको विमान सन् २००० मा डडेलधुरामा दुर्घटना भयो जसमा पनि विमानमा सवार २५ जनाको ज्यान गयो ।
त्यसको एक वर्षपछि सन् २००१ मा फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेतमा दुर्घटना भयो जसमा सवार ४ जनाको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको सांग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भयो । २००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा भयो जसमा २ जनाले ज्यान गुमाए ।
सन् २००४ मा लम्जुङ्गमा यति एयरलाइन्सको बिमान दुर्घटना हुदा ३ जनाको ज्यान गयो भने रामेछापमा २००५ मा एयर डाइनेष्टिकको विमान दुर्घटनामा पनि ३ जनाको नै मृत्यु भयो । जुम्लामा यती एयरलाइन्सको बिमान सन् २००६ मा दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो भने सोही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङ्गमा दुर्घटनाग्रस्त हुदा २४ जनाको घटनास्थल मै ज्यान गयो । यसैगरी सन् सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु पर्यो ।
त्यसपछि सन् २०१० मा भने २ ओटा हवाई दुर्घटना भए । जसमा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङ्गबाट काठमाडौंको लागि उडेको तारा एयरको विमान बिच बाटैमा दुर्घटना हुदा २२ जनाको मृत्यु भयो ।
२०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुदा १९ जनाको मृत्यु भयो भने जोमसोममा भएको दुर्घटनामा १५ जनाको मृत्यु भयो । त्यसपछि युएस–बाङ्ग्ला एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने सन् २०१८ मा नै मकालु एयरको जहाज सिमिकोटमा दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका थिए । एयर डाइनेस्टीको हेलिकप्टर सन् २०१९ मा ताप्लेजुङको सिस्नेभीरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । सोही वर्ष समिट एयरको जहाज लुक्ला विमानस्थलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । त्यसपछि ८ महिनाअघि मात्रै गत जेठमा पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविनअटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ–२ मा दुर्घटनाग्रस्त हुँदा २२ जनाको मृत्यु भएको थियो ।
८ वटा अन्तर्राष्ट्रिय दुर्घटना
नेपाली आकाशमा ८ वटा अन्तर्राष्ट्रिय हवाई दुर्घटना भएको तथ्यांक छ । अहिलेसम्म भएका ८ वटा अन्तर्राष्ट्रिय जहाज दुर्घटनामध्ये पछिल्लो समय सन् २०१८ मा युएस–बाङ्ग्ला एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो । त्यसअघि २०१४ मा मार्चमा टर्किस एयरको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । तर त्यस दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको थिएन । उक्त विमानलाई अहिले पहिलो विमान संग्रहालयको रुपमा सिनामंगलमा राखिएको छ ।
। नेपाली हवाई आकाशमा भएको सवैभन्दा भयानक दुर्घटना सन् १९९२ मा काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो । उक्त दुर्घटनामा १ सय ५७ जनाले ज्यान गुमाएको तथ्यांक छ ।
त्यसअघि ३१ जुलाई १९९२ मा थाई एयरको विमान घ्ङ्फेदीमा दुर्घटनाहुँदा त्यसमा सवार ११३ जनाको मृत्यु भएको थियो ।
टर्किस विमान दुर्घटना भएको चार वर्षपछि सन् २०१८ मार्च १२ मा एयर बंगलाको विमान दुर्घटना हुँदा झण्डै ४ दर्जनको मृत्यु भएको छ ।
यसरी नेपाली आकाश दुर्घटनामा ज्यान गुमाउने संख्या एक हजार नाघेको देखिन्छ ।





















