images
images
  • एनआरएनए चीनले कुष्ठराेगी जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण

    ललितपुर-गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खाेकना आराेग्य आश्रमका जेष्ठ नागरिक र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे छ।

    बुधबार दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना जेष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।

    जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चाैलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीकाे लागी विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएकाे र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

    एनआरएनए चीनले खाेकना आराेग्य आश्रमका जेष्ठ नागरिकहरुलाई न्यानाे कपडा वितरण कार्यक्रममा
    उपाध्यक्ष निर्मल चौलागाईं, महासचिब यादव अर्याल, सह-कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाल लगाएतका सहभागी थिए ।

    नेपाली संघ चीनले ‘वान एनसिसि वान प्रोजेक्ट’ अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।received 6104891599553757

    received 857499441986489

    received 1574193536327776

    received 1589697818117642

    received 921040569305588

    received 1574193536327776

    received 543383984383554

    प्रतिक्रिया दिनुहोस्

    images
    images