पहिलो चरणमा शर्मा र दोस्रोमा कंडेल
सुर्खेत- कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ । पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई-दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा समहमति भएको हो ।
अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मासाढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् । अन्ततः झण्डै सात वर्ष पछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पुरा हुने निश्चित भएको हो । यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजको केही समय भित्र प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्ने छन् ।
प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।
कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकीकृत समाजवादीका १र१ सांसद छन् भने १ जना स्वतन्त्र सांसद गरी ४० सांसद रहेका छन् ।


विश्व खबर 




















