images
images
  • सुनको मूल्य घट्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । ।

    नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि मङ्गलवार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुन तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार हुँदा बुधवार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ कायम भएको छ । यसअघि मङ्गलवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images