images
images
  • वागमतीमा सरकार गठनका लागि आह्वान, दलहरुलाई पाँच दिनको समय

    हेटौंडा- बागमतीमा प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्।

    शर्माले बिहीबार संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

    उनले मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नका पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    बागमती प्रदेशमा नेपाली कांग्रेस प्रत्यक्ष र समानुपातिक गरि ३७ सिटसहित पहिलो पार्टी बनेको छ। त्यसैगरी, नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरेर २७ सिट प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ।

    यसैगरी, माओवादी केन्द्र २१ सिटसहित तेस्रो पार्टी बनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक प्रत्यक्ष र समानुपातिकसहित १३ सिट प्राप्त गर्दै चौथो पार्टी बन्न सफल भएको छ।

    नेकपा (एकीकृत समाजवादी) ७ सिट प्राप्त गरेर पाँचौँ बनेको छ। यसैगरी, प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरेर नेपाल मजदुर किसान पार्टीले ३ सिट र हाम्रो नेपाली पार्टीले २ सिट प्राप्त गरेको छ।

    ११० प्रदेश सदस्य रहेको वाग्मतीमा सरकार बनाउन ५६ सिट आवश्यक पर्ने हुन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images