images
images
  • बलात्कार आराेपी वडाध्यक्ष श्रेष्ठलाई म्याद थपका लागि अदालत लगियाे

    बारा- बलात्कार आरोप लागेका निजगढ नगरपालिका-२ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई थुनामा राखेर अनुशन्धान गर्न अनुमतिका लागि जिल्ला अदालत बारा लगिएको छ। प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको हो ।

    जिल्ला अदालतका न्यायाधीशको इजलासले सोमबार पहिलोपटक म्याद तोक्ने छ । सरकारी पक्षले पहिलो पटकका लागि २५ दिनको म्याद माग गर्ने तयारी गरेको छ ।वडा नम्बर २ कि एक  नाबालिका बलात्कार आरोपमा जाहेरी परेपछि उनी न्यायीक हिरासतमा छन्।

    वडा अध्यक्ष श्रेष्ठले एक नाबालिकलाई घरमा बोलाएर जबर्जस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार ईलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसंगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए ।

    यसअघि जाहेरी दर्ता भएसँगै फरार रहेका वडा अध्यक्ष श्रेष्ठ आइनबार प्रहरी नियन्त्रणमा आएका थिए । आइतबार राति करिब ८ः३० बजे उनी आफै ईलाका प्रहरी कार्यलय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।

    श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images