काठमाडौं । नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।बैठक आज दिउँसो १ बजे भर्चुअल रुपमा बस्नेछ ।
देश र पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेपाल पक्षका एक जना नेताले जानकारी दिए ।
केही नेता पार्टीलाई जेठ २ मा फर्काउन संस्थापन पक्षसंग वार्तामा रहेको भनिएका बेला नेपाल पक्ष भित्रै दुई धार देखिन थालेको छ ।आज बोलाईएको केन्द्रीय कमिटीबाट यसबारे औपचारिक निर्णय लिने बुझिएको छ ।
हिजो भएको नेपाल पक्षका जनवर्गिय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















