images
images
  • काठमाडौं महानगरपालिकाले प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउँदै

    काठमाडौं – काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालेको छ । महानगरले विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म रुखको हाँगा हटाउन थालेको हो ।

    विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको महानगरले जनाएको छ । काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको महानगरको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images