काठमाडौं । देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।
देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार अहिले प्रदेश १ लगायत पहाडी भु(भागमा आंशिक बदली र देशका अन्य भू(भागहरु मौसम सामान्यतया सफा रहेको छ ।
देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्