चीन (यीऊ)-मित्र राष्ट्र चीनको दक्षिण पूर्वमा पर्ने चच्याङ प्रान्तको यिऊ सहरमा बुधवार नेपाली र चिनियाँहरुले उत्साह पुर्वक मनाएका छन् ।
(दसैंकाे टिका लगाउने नेपालकाे शुभ साइत) बिहान चिनियाँ समय ११:५५ मा एक रेष्टुरेण्टमा भेला भएर चिनियाँ र नेपालीहरूले संयुक्त रुपमा दशैँ मनाएका छन् । नेपालबाट भर्खरै चीनमा आएकी मोहन प्रसाद डोटेलकी माता आम्बिका डोटेलले सबै चिनियाँ तथा नेपालीहरूलाई जेष्ठ सदस्यका रुपमा भगवतीको प्रसाद टीका लगाइदिएकी हुन् । उनले सबैलाई टीका लगाइदिएर आशिर्वाद दिएकी थिइन् । उनका छोरा चिनमा बसेर ब्यवसाय गरिरहेका छन् ।
डआम्बिका डोटेलपछि चिनमै व्यवसाय गरी बसिरहेका राजकुमार खड्काले टीका लगाई दिएका थिए । चिनियाँ र नेपालीहरूलाई टीका र जमरा लगाइदिएका थिए । खड्काले टीका लगाएर आशिर्वाद दिंदा भने-‘उन्नत स्वास्थ्य, उतरोत्तर प्रगति शुभेच्छा साथसाथै चीनमा व्यवसाय गरी बसेका दाजुभाइहरुलाई सम्भव भएसम्म नेपालकाे सांस्कृतिलाई पहिचानको प्रचार-प्रसार बढाउन पहल गर्न सबैलाई अनुरोध गरेका थिए ।
खड्का गैरआवासीय नेपाली संघ चीनको सल्लाहकार र नेपाल चेम्बर अफ कमर्सका चीन पूर्वी क्षेत्रीय (चच्याङ, आन्हुइ, शांघाइ, शान्डोङ, च्याङ्सु र च्याङ्सी)का लागि ब्यापार प्रतिनिधि पनि हुन् ।
बुधवार बिहानैदेखि यिऊको नेपाली रेष्टुरेण्टमा भित्र छिर्नका लागि ४८ घण्टाको पिसिआर टेष्ट गरेको प्रमाणिक हुनुपर्ने र त्यसका लागि क्युआर कोड स्क्यान गर्नुपर्ने प्रावधान राखिएको सूचना नेपालीमै लेखेर नेपालीहरूले चिनका कोभिड बिरुद्धको लाडाईंमा साथ दिएको थियो ।
चिनमा रहेको जीरो कोभिड पोलिसीका कारण हालसम्मपनि कोभिड नियन्त्रणका लागि कडा नियमहरू लागू गरेको छ । कोभिडलाई पूर्णत: नियन्त्रणमा लिनपनि सफल भएको छ ।
नेपाली समुदायले आयोजना गरेको उक्त दशैँ कार्यक्रमको संयोजन चीनमा रहेका सन्जन माकजु र जीवन मैनलीले गरेका हुन् । माकाजु गैरआवसीय नेपाली संघ क्षेत्री कमिटीका महसचिव हुन् भने मैनाली सदस्य हुन् ।
टीका लगाउन भेला भएका मध्ये आधाजसो चिनियाँ थिए ।चिनियाँहरु समेत टीका लगाइसकेपछि नेपालमा झैँ सेलरोटी, पुरी, तरकारी र अचार लगाएतको परिकारकाे स्वादले थप उत्साहित थिए ।
नेपालीहरुकाे महान चार्ड बडादशैँको टीका ग्रहण गरेर नेपाली परिकारकाे स्वाद संगै चिनियाँ र नेपालीहरु सँगसंगै नाचेर दिनभरि रमाइरहेका थिए ।
यसैगरी दशैँको अष्टमीका दिनपनि नेवारी परम्परा अनुसार “कुछी भ्व् य:” चाइनिजहरू सँगसँगै मनाएका छन् । १९ प्रकारका परिकार केराको पातमा हाली, सुकुलको चकटीमा पलेटी मारेर सबैजना सँगै खाना खानु यसको परम्परा हो ।
नेवारी प्रचलन अनुसार “कुछी भ्य् य: ” मनाउँदा सबैभन्दा वरिष्ठ पूर्वतिरको अग्रीम आशनमा बस्नुपर्छ र त्यसपछि उमेर अनुसार घट्दो क्रममा बस्नुपर्छ । गैरआवसीय नेपाली संघ चीनका सह-कोषाध्यक्ष रबिन्द्र कुमार मालीको घरमा आयाेजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्