images
images
  • मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप खड्कालाई भ्याइनभ्याइ (फोटो फिचर)

    काठमाडौं- भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम अहिले मुम्बईमा व्यस्त रहेको छ ।

    विभिन्न कार्यक्रम गरी प्रचार प्रसार गरिएको छ भने अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका छन् । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेम गीत ३ काबारेमा अन्तर्वार्ता लिएको छ ।

    सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेम गीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

    प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

    4 2

    3 7

    6 2

    1 7

    5 1

     

    kri

    9 1

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images