काठमाडौं- रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले परपुरुषसँगको अनैतिक सम्बन्ध लुकाउन श्रीमानको हत्या गरेकी छन् ।
रुपन्देही प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका( १५ सखुवानीकी ग्रिजादेवी थारुले श्रीमान जगदीश चौधरीको हत्या गरेकी हुन् । ४२ वर्षीय जगदीशको शव आफ्नै घरमा मंगलबार बिहान विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो ।
उक्त घटनापछि प्रहरीले जगदीशकी श्रीमती ग्रिजादेवी र एक पुरुषलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने पुरुष ५२ वर्षीय फुलचन्द्र बानियाँँसँगको अवैध सम्बन्धका कारण ग्रिजादेवीले श्रीमानको हत्या गरेको प्रहरीको दाबी छ ।
सोमबार राति एक बजे कोठामा सुतिरहेका जगदीशको टाउको र शरीरका विभिन्न भागमा ग्रिजादेवीले धारिलो हतियार अन्धाधुन्ध प्रहार गरेको रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















